२०८३ कात्तिक २९ , शनिबार

घोराहीमा जुवा खेलिरहेको अवस्थामा कांग्रेस नेता डाँगीसहित पक्राउ



जगदिश शाही

दाङ । दाङको घोराहीमा जुवा खेलिरहेको अवस्थामा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगीसहित केही व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१५ स्थित डाँगीको घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी, घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डाँगी र घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीलगायत रहेको बताइएको छ।

प्रहरीले उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूको संख्या, बरामद रकम र उनीहरूमाथि हुने कानुनी कारबाहीबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते शनिबार