२०८३ मंसिर १ , सोमबार

सुतेकै अवस्थामा महिलाको मृत्यु



जगदिश शाही

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मनिकापुरमा एक महिलाको सुतेकै अवस्थामा मृत्यु भएको छ।

मृत्यु हुनेमा करिब २८ वर्षीया सरु गिरी रहेको जनाइएको छ। परिवारका अनुसार उनी राति सामान्य अवस्थामा सुत्न गएकी थिइन्। तर, सोमबार बिहान उठाउन खोज्दा मृत अवस्थामा फेला परेकी थिइन्।

महिला मृत अवस्थामा फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलको अवस्था तथा अन्य पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ। महिलाको मृत्यु के कारणले भएको हो भन्नेबारे भने हालसम्म खुल्न सकेको छैन।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते सोमबार