लघुवित्तका ऋणीहरूले किस्ता तिर्दैनन्, उल्टो धम्काउँछन्’

खबरदृष्टि सम्वाददाता २७ आश्विन २०८०, शनिबार ०९:२५
फाइल तस्बिर

सुर्खेत । २०७६ सालमा सुर्खेत लेकवेशी नगरपालिका–१० खारखोला कि हिरा विकले किसान लघुवित्त वित्तीय संस्था सुर्खेत शाखाबाट पशुपालन शीर्षकमा ५ लाख रकम लिइन् । उनले रकम लिएको करिब ४ वर्ष पुरा भएको छ । तर, उनले लिएको त्यो रकमले न व्यवसाय सञ्चालनमा छ न त संस्थालाई नियमित किस्ता नै तिरेकी छिन ।

उनले लिएको साँवा र व्याजको ४ लाख ८० हजार र जरिवाना १५ हजार ९ सय ७८ रुपैयाँ भएको छ । उनले जग्गा धितोमा राखेर ऋण लिएकी थिइन । वीरेन्द्रनगर–१० बस्ने लक्ष्मी शाहीले पनि २०७५ मा व्यापारको लागि संस्थाबाट रकम लिइन् । उनले व्यापार गरिन, न त ऋण नै फिर्ता तिरिन् ।

यस्तै, वीरेन्द्रनगर–१० बस्ने पवित्रा न्यौपानेले पनि व्यापारको लागि १ लाख ५० हजार रकम लिएकोमा संस्थालाई अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता गरेकी छैेनन। वीरेन्द्रनगर–१२ बस्ने विष्णु गिरीले सुरुमा २ लाख रकम लिएर व्यापार गरेकोमा अहिले एक रुपैयाँ पनि नदिएको । सिता रोकाय, बसन्ती सेन्चुरी, कुन्ती पन्त लगायत सयौँले रकम लिएर न राम्रो लगानी गरेको न त रकम नै फिर्ता गरेको संस्थाले जानकारी दिएको छ ।

ऋण लिएकामध्ये कतिपयले पैसा भएर पनि नदिएको र कतिले नभएर नै नदिएको जनाइएको छ। किसान लघुवित्त वित्तीय संस्था सुर्खेत शाखाका प्रबन्धक मोहन शाहले लघुवित्तका सदस्यहरूले संस्थाबाट लिएको रकम सही उद्देश्यमा नलगाएको बताए ।

सिद्धदर्शन दैनिकसँग कुराकानीमा शाहले धेरैजसो मिटरव्याजीहरुले एउटा शीर्षकमा रकम लिएर अर्को काममा प्रयोग गरेको आरोप लगाए । उनकाअनुसार कृषि, व्यापारलगायतका क्षेत्रमा कर्जा दिनेगरेकोमा सदस्यहरूले एक शीर्षक भनेर अर्को शीर्षकमा लगाउने गरेका छन् ।

‘हामीले व्यवसायको लागि ऋण दिन्छौँ, कोही छोरी छोरीको बिहेमा खर्च गर्छन्,’ उनले भने,‘कोही रक्सी खाने गर्छन्, कतिपयले मिटरब्याजीलाई दिन्छन्, हामी माग्न जाँदा पैसा छैन भनेर धम्कीपूर्ण व्यवहार गर्छन् ।’ उनले आफ्ना कर्मचारीलाई फिल्डमा रकम उठाउन पठाउँदा धम्कीपूर्ण गालीगलौज गर्ने र अमानवीय व्यवहार गर्ने गरेको गुनासो गरे ।

‘पहिले त बचतकर्ताहरू पनि राम्रै बचत गर्ने, कार्यालयमै आएर बचत गर्नुहुन्थ्यो,’ उनले भने ‘आफ्नो समस्या सुनाउनुहुन्थ्यो, जब लघुवित्त विरुद्ध सङ्घर्ष समिति बन्यो, त्यसपछि उल्टै हामीलाई लिएको रकम मिनाहा गर्नुपर्छ भनी दबाब दिने, कालोमोसो दल्न खोज्ने, गाली गर्ने लगायतका क्रियाकलाप गर्नुहुन्छ ।’

उनले मिटरब्याजीका मात्रै समस्या नभई आफूहरूको पनि ठुलो समस्या भएको बताए । उनले सङ्घर्ष समितिले आफूहरू विरुद्ध गरेको आन्दोलन जायज नभएको बताए । ‘कसैले ब्याज चर्को लिन्छ, अनैतिक क्रियाकलाप गर्छ भने आन्दोलन गरेको स्वाभाविक पनि हो। तर, लिएको रकम नै मिनाहा गर, हामीले पैसा दिन्नौ भन्ने जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिनु त स्वाभाविक भएन नि,’ उनले भने ।

प्रबन्धक शाहले विगतमा भन्दा अहिले संस्थामा बचत गर्नेको सङ्ख्या न्यून भएको बताए । ‘पहिले त बचतकर्ता यहाँ आउने बचत गर्ने, यदि नभएपनि आएर समस्या सुनाउने गर्नुहुन्थ्यो, अहिले लिएको पैसा समेत दिनुहुन्न, कहाँबाट बचत गर्नु रु हामीलाई समेत गर्ने व्यवहार परिवर्तन भएको छ,’ उनले आफूहरूले पनि अन्य बैङ्क र संस्थाहरूबाट रकम ल्याएर उहाँहरूलाई दिने गरेको बताए ।

उनीहरूले रकम नदिँदा आफूहरू दबाबमा पर्ने गरेको उनले बताए । ‘हामीलाई पनि विभिन्न बैङ्कहरूले पैसा दिन्छन्। जस्तैस् कमर्सियल बैङ्क, प्रभु, राष्ट्रिय वाणिज्य बैङ्क । उनीहरूले पनि हामीलाई रकम फिर्ता गर्न ताकेता गर्नुहुन्छ। तर, हाम्रा समस्या सदस्यहरूले बुझ्नुहुन्न । हामीलाई पनि ऋणीहरूले कति दबाब दिन्छन्,’ उनले भने ।

उनकाअनुसार लघुवित्तबाट सुरुमा २० हजारदेखि ५० हजारसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बताए । लघुवित्तको काम पैसा दिने र ल्याउने मात्र नभई न्यून आय भएका जनताहरूको आयस्तरमा वृद्धि गर्नु मुख्य रहेको शाहको भनाइ छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको छ भने सुर्खेत शाखामा कार्यरत कर्मचारीको सङ्ख्या ६ रहेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिक प्रकाशित छ । 

Next Post

शिवालयमा वडाध्यक्षका छोरा मृत फेला

२७ आश्विन २०८०, शनिबार ०९:२५
सुर्खेत । जाजरकोटमा एक जना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो । मृत विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031