२०८३ जेठ ५ , मंगलबार

शिवालयमा वडाध्यक्षका छोरा मृत फेला



मृतक वीरेन्द्रकुमार बिसी / तस्बिर : सामाजिक सञ्जाल

सुर्खेत । जाजरकोटमा एक जना युवाको झुण्डिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको शिवालय गाउँपालिका–६ रिसिनाका अन्दाजी २१ वर्षीय वीरेन्द्रकुमार बिसीको शव शनिबार विहान ११ बजे जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

मृत विसी घरबाट दुईदिनअघि निस्किएका थिए । दुईदिनसम्म पनि उनी घरमा नआएपछि परिवार तथा स्थानीयले खोजि गर्दै जाँदा जंगलमा मृत फेला परेको अस्थायी प्रहरी पोष्ट थालाका प्रहरी सहायक निरीक्षक बमबहादुर कठायतले जानकारी दिए ।

उनकाअनुसार मृत बिसी शिवालय गाउँपालिका–६ का वडाध्यक्ष धनबहादुर बुढाका छोरा समेत हुन् । हाल उनको शव घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार