
आशा विक, रुकुमपश्चिम । नेपाल प्रेस युनियन रुकुम पश्चिमको अध्यक्षमा सुमित्रा केसी चयन भएकी छन् । आइतवार मुसिकोटमा भएको जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा गोविन्द थापा र उपाध्यक्ष गिता डाँगी, सचिवमा करण विक, सहसचिवमा करिष्मा केसी र कोषाध्यक्षमा रतन शाही चयन भएको नर्वनिर्वाचित सचिव विकले जानकारी दिए ।
सदस्यहरुमा अनिशेष केसी, चक्र बिष्ट, आयुशा हमाल, शोभिराम केसी र भावना बुढाथोकी चयन भएका छन् । जिल्ला भेलामा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल लगायतको सहभागिता रहेको उनको भनाइ छ ।
प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार