२०८३ असार १६ , मंगलबार

बबई नाकामा लाखौँका अवैध सामान बरामद



सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबई नाकामा प्रहरीले चेकजाँच कडाइ गरेपछि लाखौँ मूल्यका अवैध सामान बरामद गरेको छ।

नेपालगञ्जबाट ना.४ ख ३४६० नम्बरको बसमा जुम्लातर्फ जाँदै गरेको बसमा बिल–भरपाई नभएका मोबाइल पार्टपुर्जा, किप्याड, टच मोबाइल र मोटरसाइकल प्याड लिक्विड फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बबईको संयुक्त टोलीले चेकजाँचका क्रममा सामान नियन्त्रणमा लिएको हो।

बरामद सामग्रीमा मोबाइल ग्लास, डिस्प्ले, विभिन्न कम्पनीका किप्याड तथा टच मोबाइल र मोटरसाइकल प्याड लिक्विड रहेका छन्। प्रहरीले अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नाकामा निगरानी थप कडाइ गरिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार