
काठमाडौं । कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि हुलाकजस्तै अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार हुलाक सेवा विभागले काठमाडौंमा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले कुरियर सेवालाई अत्यावश्यक सेवामा समेट्नुपर्ने आवश्यकता औंल्याए।
उनले कुरियर सेवा सञ्चार मन्त्रालयअन्तर्गत वा उद्योग मन्त्रालयअन्तर्गत कुन निकायमा रहने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
भट्टराईले नेपालको निर्यात क्षेत्रमा कुरियर सेवाले ६० प्रतिशतभन्दा बढी योगदान दिइरहेको भन्दै भन्सार प्रक्रियामा सहजता आवश्यक रहेको बताए।
उनले मागको सुनुवाइ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्दै कुरियर सेवाको २४ सै घण्टा सञ्चालन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार