
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य मंगलबार पुनः घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ४,५०० ले घटेर रु २ लाख ७७ हजार ९०० कायम भएको छ। सोमबार सुन प्रतितोला रु १,४०० ले घट्दै रु २ लाख ८२ हजार ४०० मा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला रु २५ ले घटेर रु ४ हजार २८५ कायम भएको छ। सोमबार चाँदी प्रतितोला रु १५ ले घट्दै रु ४ हजार ३१० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको असरका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार