२०८३ असार १६ , मंगलबार

विष्णु पौडेलको रिट सुनुवाइ



काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलवार  सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै असार १० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पौडेललाई विशेष अदालतले  थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार