२०८३ असार १६ , मंगलबार

किसान र सुकुम्बासीका समस्याप्रति सरकार अनुदार : महामन्त्री पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकार किसान र सुकुम्बासीका समस्याप्रति अनुदार देखिएको आरोप लगाएका छन्।

रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले किसानका समस्या समाधानका विषय बजेटमा समेट्न नसकिएको बताए। ‘किसानले अथक मेहनत गरेर अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छन्, तर समयमा मल र गुणस्तरीय बीउबिजन नपाउँदा उत्पादन प्रभावित भएको छ,’ उनले भने।

महामन्त्री पौडेलले किसानका वास्तविक समस्याप्रति सरकार संवेदनशील नभएको टिप्पणी गर्दै कृषि क्षेत्र नै संकटतर्फ उन्मुख भएको दाबी गरे। जलवायु परिवर्तनको असर पनि किसानमै बढी पर्ने भएकाले राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार