
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गुणस्तर खस्किएको भन्ने जनगुनासोप्रति सांसदहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएकी छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले संसद्को गरिमा कायम राख्न सांसदहरू व्यवहार, भाषा र पोशाकमा मर्यादित हुनुपर्नेमा जोड दिइन्। प्रक्रियागत विषय अनौपचारिक छलफलबाट टुङ्ग्याएर संसद्को समय जनताका मुद्दामा केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।
संसद्को समय शिक्षा, स्वास्थ्य तथा जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन उपयोग गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गौतमले संसद्प्रति जनविश्वास बढाउन सबै सांसद जिम्मेवार बन्नुपर्ने बताइन्।
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार