कर्णाली प्रदेशका कर्मचारीलाई संकेत नम्बर प्रदान

खबरदृष्टि सम्वाददाता १० माघ २०८०, बुधबार १६:२१

सुर्खेत । कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमका बिच ५ जना प्रदेश सरकारका निजामती कर्मचारीलाई वैयक्तिक विवरण फाराम (सिटरोल) प्रदान गरिएको हो ।

प्रमुख सचिव चुडामणी पौडेलले कर्णाली प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरुको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गरेको हुन् । प्रदेश प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधि रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधि कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुने बताए ।

उनका अनुसार पहिलो पटक ३ सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिट्रोल नम्बरसहितको फाराम प्रदान गरिएको छ ।स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न किताब खानालाई अनुरोध गरिएको पनि उनले बताए ।

स्वीकृति प्राप्त भएपछि ८६४ जना स्थानीय तहका कर्मचारीको वैयक्तिक विवरण अनलाइनमा अभिलेख गरी सिट्रोल प्रदान गरिने छ । कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा–बढुवा भएपनी फरक नपर्ने गरी सिट्रोल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सचिव कोइरालाले बताए । यो कार्यले सरुवा–बढुवा, पेन्सन लगायत कार्यमा एकरुपता कायम हुने बताइएको छ ।

Next Post

कर्णालीका पत्रकारहरुलाई तीन दिने क्षमता अभिवृद्धि तालिम

१० माघ २०८०, बुधबार १६:२१
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय फोटो पत्रकारिताको क्षमता अभिवृद्धिबारे क्यामरा र ड्रोन सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र नेपाल फोटो पत्रकार महासंघ केन्द्र र कर्णाली प्रदेश समितिको समन्वयमा तालिम आयोजना गरिएको हो । तालिममा कर्णालीका ८ जिल्लाबाट ३५ जना पत्रकारहरु […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728