मध्यपूर्वमा तानिँदै अमेरिका : विश्वयुद्धकाे कालो बादल

खबरदृष्टि सम्वाददाता १७ आश्विन २०८१, बिहीबार ०९:३२

चिन्तामणि शर्मा, सुर्खेत ।

मध्यपूर्वका दुई देश इजरायल र इरान अहिले युद्धका लागि आमने-सामने भएका छन्। अमेरिकी सुरक्षा छाताभित्र रहेको इजरेलका अति-संवेदनशील क्षेत्रभित्र कत्ति पनि नबिराईकन मार हान्न सक्ने क्षमता चानचुने होइन। भगवान्बाहेक अनुमति बिना अरूले इजरेलकाे आकाशमा घुस्ने कल्पना पनि गर्न सक्दैनन् भन्ने इजरेलीहरुकाे घमण्ड हिजो इरानले एकपछि अर्को गरी २ सयभन्दा बढी क्षेप्यास्त्र प्रहारले चकनाचुर भएको छ।

अमेरिका इजरेलमाथिकाे प्रहारलाई आफैमाथिको प्रहार ठान्दछ। ईजरेलका ठुला धनाढ्य व्यापारीहरू अमेरिकामा बस्दछन् भने दुबैतिर उनीहरूको व्यापार छ। विश्व बजारमै ती धनाढ्य व्यापारीहरूले पहुँच राख्दछन्। उनीहरू रिसाउँदा मात्रै पनि अमेरिकी सेयर बजारमा ठुलो भुईँचालो जाने गर्दछ। इजरेलकाे सुरक्षाका साथसाथै ती धनाढ्य व्यापारीहरूको सुरक्षा गर्नुपनि अमेरिकी दायित्व ठहर्दछ।

अमेरिकीहरूका भगवान् (क्रिश्चियन धर्म) यसुकाे जन्म इजरेलमा भएको मानिन्छ। त्यसैले पनि विश्वभरका क्रिश्चियनहरुकाे पवित्र भूमि (हाेलीप्लेस) इजरेल हो। त्यहाँ माथिको मुस्लिम धर्म मान्ने इरानबाट अहिले गरिएको आक्रमण उनीहरूले सहन सक्ने छैनन्। विश्वका दुई ठुला धर्म मुस्लिम र क्रिश्चियन बिचको पुरानो वैमनस्यताले विश्वलाई दुई ध्रुवमा बाँडेर युद्धको वातावरण बनाइरहेको छ।

रसिया विगत ३ वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ। अमेरिका र युरोपका देशहरूले युक्रेनलाई सपोर्ट नगर्ने हो भने अहिलेसम्म युक्रेन देशको रूपमा अस्थित्वमा रहने थिएन। रसिया-युक्रेन युद्धमा अमेरिकीहरूले युक्रेनलाई अत्याधुनिक हतियार सप्लाई गरेको र त्यही हतियारले आफ्नो क्षति गरिरहेको बुझेको रसिया अमेरिकालाई अन्यत्रको युद्धमा भुलाउन चाहन्छ। अमेरिकी ध्यान (लडाइँ) मध्यपूर्व तिर जान बित्तिकै जेलेन्स्कीलाई राजधानी किएभबाटै घिसारेर मस्को ल्याउन सकिन्छ भन्ने दर्हाे विश्वास पुटिनको छ।

३ वर्षसम्म अनावश्यक युद्धमा संलग्न हुनुपरेकोले रसियाको आर्थिक स्थिति पनि कमजोर बन्दै गएको छ। अमेरिकासँग भविष्यमा हुनसक्ने सम्भावित लडाइँको लागि खरखजना तयार गरेको रसियाका छोटो र मध्यम दुरीमा मार हान्न सक्ने हतियार भण्डार रित्तिँदै गएको छ। अमेरिकाबाट पछिल्ला दिनहरूमा युक्रेनलाई प्राप्त मध्यम दुरीका अत्याधुनिक क्षेप्यास्त्रले कुन दिन मस्कोमाथि नै आक्रमण हुने हो कि भन्ने चिन्तामा रसिया छ।

यही चिन्ताको कारण रसिया अमेरिकालाई मध्यपूर्वको युद्धमा घिसार्न चाहन्छ। रसियाले लेबनानको सिया इस्लामिक राजनैतिक सङ्गठन हिजवुल्लाहलाई पनि अत्याधुनिक हतियार सप्लाई गरिरहेको छ। रसियालाई थाहा छ कि इजरेलमाथिकाे आक्रमणले अमेरिकालाई घाइते बाघ जस्तै बनाउनेछ। घाइते बनेको अमेरिकाले चारैतिर युद्धको घोषणा गर्नेछ। यसै कारण इरानलाई उक्साएर इजरेलमाथि क्षेप्यास्त्र प्रहार गर्न लगाइएको हो। यसले इजरेलको एयर डिफेन्स सिस्टमको पनि जाँच लिएको छ, इजरेलकाे “आइरन एयर डिफेन्स सिस्टम” भनिने सुरक्षा घेराको धोती खुस्काइदिएको छ।

अमेरिकालाई मध्यपूर्वमा मात्रै नभई एसियाका जापान र दक्षिण कोरिया माथि पनि चिन्ता र चासो छ। अमेरिकाका “अलाई” दक्षिण कोरिया र जापान माथि अमेरिकी मतियार भएको भन्दै उत्तर कोरिया क्रुद्ध बनेको छ। मौका मिल्ने बित्तिकै उत्तर कोरियाले ती देशमा आक्रमण सुरु गरिहाल्नेछ। दोस्रो विश्व युद्ध पछि अमेरिकाले जापान र कोरियामा आफ्ना सेना राखेको छ।

त्यहाँ अमेरिकी फौज राख्नुको मतलब जापान र दक्षिण कोरियालाई उत्तर कोरियाको आक्रमणबाट बचाउनु र चीनको गतिविधिबारे निगरानी गर्नुपनि हो। साउथ चाइना सीमा चिनिया सेनाले गरेको सामुन्द्रिक युद्धाभ्यासबाट पनि अमेरिका चिन्तामा छ। ताइवानमा चिनिया विरोधी शासन सत्ता कायम राखिदिएर चिनेका खबरदारी गरिरहने अमेरिकी प्रयास छ।

अमेरिकाविरुद्ध अहिले विश्वका सबैजसो मुस्लिम देशले जेहाद छेडेका छन्। उसको प्रमुख दुस्मन देश रसिया, उत्तर कोरिया ताक-माैकामा छन्। अवसर मिल्ने बित्तिकै उनीहरूले अमेरिका माथि नै सिधा धावा बाेल्नेछन। लडाइँ भइहाले एसियाका दुई ठुला राष्ट्र चीन र भारत पनि अमेरिकाको पक्षमा उभिने छैनन्।

आधा युरोप रसियाको विरुद्धमा बोल्ने अवस्थामा छैन। रसियाबाट रसद पानी र ऊर्जा (ग्यास र पेट्रोलियम पदार्थ) लिने उनीहरूलाई कथंकदाचित युद्ध भैहाल्याे भने ऊर्जा सङ्कटबाट आफ्ना देशका नागरिकलाई कसरी बचाउने भन्ने प्रमुख चिन्ता हुनेछ। यस्तो अवस्थामा अमेरिकाको पक्षमा खुल्ने मुख्य राष्ट्र भनेका बेलायत, फ्रान्सहरू नै हुनेछन्।

जर्मनीमा रसियाविरुद्ध जानै हुँदैन भन्ने जनमत बढ्दै गएको छ।उनीहरूको मात्रै साथ र सहयोगले अमेरिका धेरै दिन युद्ध थेग्ने अवस्थामा हुनेछैन। अमेरिकाका प्रमुख दुस्मन रसिया र उत्तर कोरियाले एक दिन अमेरिका माथि कब्जाको प्रयास गर्नेछ। ठुलो सङ्ख्यामा बस्ने नेपालीहरूले एक दिन अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ। विश्वको नं १ देश अमेरिका चारैतिरबाट घेराबन्दीमा परिसकेको भान हुन थालेको छ। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

Next Post

सुर्खेतमा दशैंको तयारी : भेडा र च्याङ्ग्राको माग र मूल्य दुवै उच्च

१७ आश्विन २०८१, बिहीबार ०९:३२
सुर्खेत । दशैंको चाँजोपाँचो नजिकिदै गर्दा सुर्खेतमा भेडा र च्याङ्ग्राको व्यापारमा तीव्रता आएको छ । स्थानीय व्यापारीहरूले हिमाली भेगबाट ठूलो संख्यामा भेडा र च्याङ्ग्रा ल्याउने काम जारी राखेका छन् । विशेषगरी मुगु, कालिकोट, हुम्ला र जुम्लाबाट यी पशुहरू सुर्खेतमा भित्र्याइँदैछन् । यस वर्ष दशैंको अवसरमा झण्डै १० हजारभन्दा बढी भेडा […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031