२०८२ माघ १७ , शनिबार

दलित र युवालाई समावेश गरेर कांग्रेसले परिवर्तन खोजेको छ : हजारी नेपाली




जाजरकोट ।
नेपाली कांग्रेस जाजरकोटका समानुपातिक उम्मेदवार हजारी नेपालीले दलित र युवालाई समावेश गरेर नेपाली कांग्रेसले वास्तविक परिवर्तनको खोजी गरेको बताएकी छन्। शनिवार नेपाली कांग्रेस जाजरकोटले खलंगामा आयोजना गरेको उम्मेदवारसँग पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसले दलित र युवाहरूलाई नेतृत्वमा ल्याएर जिल्लामा नयाँ सोच र ऊर्जा भित्र्याउन खोजेको दाबी गरेकी हुन्।

उनले कांग्रेसका उम्मेदवार खडक बुढालाई जिल्लाको “ढुकढुकी”को संज्ञा दिइन्। नेपालीले खडक बुढा भूकम्प जाँदा होस् वा अन्य कुनै विपत्तिमा, सधैं जनताको दुःखमा मलहम लगाउने नेताका रूपमा परिचित रहेको दाबी गरिन्।

दलित समुदायबाट उम्मेदवार बनाएर नेपाली कांग्रेसले सामाजिक न्यायको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै अन्य पार्टीहरूले दलित र अल्पसंख्यकको मुद्दामा राजनीति मात्र गरेको आरोप लगाइन्। जाजरकोटमा कांग्रेसले जित हासिल गरे पूर्व र पश्चिम दुवै क्षेत्रमा विकास तीव्र रूपमा अघि बढ्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार