
सुर्खेत। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट प्रतिनिधि सभा उम्मेदवार बनेका शक्ति बस्नेतसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सोमबार जाजरकोटस्थित निर्वाचन आयोगको कार्यालयले पत्र पठाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको हो।
उम्मेदवार मनोनयनका क्रममा पाँच सय रुपैयाँका नोट बाँडिएको देखिने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएपछि आयोगले त्यसबारे सत्य–तथ्य जानकारी गराउन निर्देशन दिएको जनाएको छ। निर्वाचन आयोगका अनुसार उक्त कार्य निर्वाचन आचारसंहिताविपरीत भएको ठहर गर्दै स्पष्टीकरण मागिएको हो।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार