२०८३ वैशाख २६ , शनिबार

कोरोना कमाण्डर आईशोलेसनमा



वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरि क्षेत्री कोरोना संक्रमित भई आईशोलेसनमा वसेका छन् ।
नगरपालिकाको लेखा शाखामा कार्यरत दिर्घ पोखरेल, खेमकुमार शाही र सरस्वती वुढा समेत कोरोना संक्रमित वनेको खवरदृष्टिसंगको टेलिफोन कुराकानीमा क्षेत्रीले वताए।
आफु र आफ्नो टिमलाई कोभिड १९ ले गम्भीर विरामी नवनाएको वताउदै उनले टिमका केहीलाई हल्का ज्वरो र टाउको दुख्ने समस्या देखिएको वताए ।
कोरोनाको महामारी फैलन थालेसंगै उनी आधा रातसम्म क्वारेन्टाइन व्यवस्थापनको काममा खटिने गरेको उनका सहकर्मीहरु वताउछन। ‘दिनमै भित्रने सयौ मानिसहरुको वस्ने स्थान, खाने व्यवस्थाका साथै सुताउनेसम्मको व्यवस्था गर्नु चानचुने विषय थिएन,’ नगरपालिकामा कार्यरत खेमकुमार शाही वताउछन।
क्षेत्रीलाई वीरेन्द्रनगर नगरपालिकाले गत चैतको महिनादेखि नै क्वारेन्टाइन (पूर्व सावधानी गृह) व्यवस्थापन समितिको संयोजक तोकेको थियो। नगर पालिकाले चैतमा वनाएको होल्डिङ् सेन्टरलाई पछि गत वैसाक ७ गतेदेखि पूर्व सावधानी गृहको रुपमा परिणत गरेको थियो।
भारतका विभिन्न ठाउँबाट घर फर्कनेहरुको लामोलाईन लाग्दै गएपछि कर्णाली प्रदेश सरकार निकै दवावमा परेको थियो। अवस्था प्रतिकुल वन्दै गएपछि वीरेन्द्रनगर नगरपालिका क्वारेन्टाइन व्यवस्थापन गर्न अगाडि आएको थियो।
वीरेन्द्रनगरले गत असार मसान्तसम्म विभिन्न वडाका १० ठाउँमा पूर्व सावधानी गृह संचालन गर्दै १ हजार ७ सय ६५ जनालाई क्वारेन्टाइनमा राखेको थियो। प्रदेश सरकारले क्वारेन्टाइन स्थल खोज्नै नसकिरहेको वेला नगरपालिकाले मध्यपश्चिम विश्व विध्यालयका भवन र नगरका विध्यालयहरु लिएर क्वारेन्टाइन वनाउन सुरु गर्यो।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी समेत भएकोले वीरेन्द्रनगरवासीको मात्रै नभई समग्र कर्णाली प्रदेशकै भार आफूहरुले उठाउनु परेको क्षेत्रीले वताए । यसविचमा नगरपालिकाले ५ हजार ७ सय ९६ जनालाई होल्डिङ् सेन्टरमा राखेर सेवा दिएको थियो।
कोरोनाको त्रासवारे सुरुका दिन सम्झद‌ै लेखा अधिकृत क्षेत्री भन्छन्, ‘पूर्वसावधानी गृह वनाउन ठूलै लडाई लडियो, कहि समुदायले अवरोध गर्यो कहि विध्यालय प्रशासनले नै।’ कुनै विध्यालयमा गेट खोल्न प्रहरी लिएर जानू परेको र ताला नखोलेपछि तोड्नु परेको समेत उनी सम्झन्छन् ।
तरपनि वीरेन्द्रनगरले गरेको क्वारेन्टाइनको व्यवस्थापन कर्णालीका कुनैपनि ठाउँमा भएका भन्दा उत्कृष्ट रहेको उनले दावी गरे। ‘कुनै घटना भएनन, व्यवस्थापन राम्रो भएन भनेर आन्दोलन भएनन,’ उनले भने।
आफु कोरोना पोजेटिभ भएकोमा कुनै चिन्ता नलागेको भन्दै चाडैं कोरोना जितेर घर फर्कनेमा आफु ढुक्क रहेको उनले वताए। उक्त समितिले गर्दै आएको काम हाल नगर स्वास्थ्य शाखाले सम्पादन गर्दै आएको छ।

प्रकाशित मिति : २०७७ असोज ६ गते मंगलबार