२०८३ वैशाख १२ , शनिबार

वीरेन्द्रनगरमा लागूऔषधसहित एकजना पक्राउ



सुर्खेत । वीरेन्द्रनगरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपलिका–९ घर भई हाल वीरेन्द्रनगर–३ बस्ने वर्ष ३१ का निराजन कुमार शाह रहेका छन् ।

उनलाई शुक्रवार (आज) बिहान वीरेन्द्रनगर–३ स्थित लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनको साथबाट ७ सय ९० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । हाल उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार