२०८३ वैशाख १२ , शनिबार

सर्पको टोकाइबाट घाइते धनप्रसाद आचार्यको हेलिकप्टरमार्फत उद्धार




कालिकोट । सर्पको टोकाइबाट गम्भीर बिरामी परेका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार भएको छ । शुक्रवार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका आचार्यको उद्धार गरेर शनिवार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पु¥याइएको हो ।

जिल्ला अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । कालिकोटमा जिल्लामा सर्पदंशको उपचार नहुँदा समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार