
सुर्खेत । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेशका प्रदेश प्रमुखहरु बर्खास्त गरेको छ । बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरूलाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो । त्यतिबेला एमालेको कोटाबाट नियुक्त भएकाहरूलाई भने यथावत राखिएको छ ।
प्रकाशित मिति : २०८१ साउन १४ गते सोमबार