कर्णाली प्रदेश प्रमुखको रिक्तताले कांग्रेसलाई सरकारमा जान ढिलाइ

खबरदृष्टि सम्वाददाता १६ श्रावण २०८१, बुधबार १६:१५

कर्णाली। कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा जाने सैद्धान्तिक निर्णय भइसकेपनि प्रदेश प्रमुखको रिक्तताका कारण ढिलाइ भएको प्रमुख नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

‘दलको बैठक बसेर सरकारका जाने निर्णय भइसकेको छ । शपथ ग्रहण गराउने प्रदेश प्रमुख नहुँदा सरकारका जान ढिलाइ भएको हो’, उनले भने, ‘प्रदेश प्रमुख आउने वित्तिकै पार्टी केन्द्रले मन्त्रीको नाम तोकेर पठाउनेछ ।’

सरकारले यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकबाट बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियार पदबाट मुक्त गरी बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्र बाहिरिएसँगै आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय रिक्त भएको प्रमुख सचेतक विष्टले बताए । सरकारमा सहभागी हुने मन्त्रीको नाम केन्द्रले तोकेर पठाउने भएकाले आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट सहभागी आर्थिक मामिलामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले सरकारबाट समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिएका थिए । आन्तरिक मामिला तथा कानून मन्त्रालय र हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेल आफैले सम्हालि रहेका छन् ।

Next Post

भारतकाे केरलामा पहिरो : मृत्यु हुनेको संख्या १७८ नाघ्यो

१६ श्रावण २०८१, बुधबार १६:१५
काठमाडौं । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् । त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले […]
February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728