सुर्खेत । रुकुम पश्चिममा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मुसिकोट नगरपालिका–७ का ५४ वर्षीय तेजबहादुर बुढा रहेका छन् ।
शनिवार (आज) दिउँसो झुल्खेतको चुनाखोलाले बगाउँदा बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
बुढालाई खोलाले बगाएको सूचना पश्चात झुल्खेत, सोलाबाङ क्षेत्रमा प्रहरी परिचालन गरेर खोजी कार्य जारी राखिएको छ ।
प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार