२०८३ जेठ २६ , मंगलबार

जाजरकोटमा बोलेरो जिप दुर्घटना, १४ जना घाइते



जाजरकोट । जाजरकोटमा बोलेरो जिप दुर्घटनामा परेको छ । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए ।

‘हालसम्म १४ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको बुझिएको छ, घाइतेको सङ्ख्या अझै बढ्न सक्छ । हाम्रो टोली जाँदै छ ।’ प्रहरीका अनुसार थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार