
सुर्खेत । वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको कर्णाली प्रदेश ०२००१ क ०७६९ बस वीरेन्द्रनगर–७ इत्राम खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर एकजना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । घाइते विद्यार्थीको देउती नर्सिङ होममा उपचार भइरहेको छ । बस स्कुल बिदा भए घर फर्किँदै थियो ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार