
सुर्खेत । सुर्खेतको लेकवेशीमा टेलरले अटोलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बुधवार दिउँसो २ बजेको समयमा लेकवेशी–३ स्थित मदन भण्डारी राजमार्ग अन्तर्गत गंगामाला सामुदायिक बनमा लेकफर्साबाट स्याउली बजारतर्फ आउँदै गरेको भे १ ह ६६७५ नम्बरको अटोलाई बिपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २४९१ नम्बरको हिम सगरमाथा कन्ट्रक्सन प्रालिको टेलरले अटोलाई ठक्कर दिएको थियो ।
ठक्करबाट अटो चालक लेकवेशी नगरपालिका–१ बस्ने वर्ष ४८ का दिलबहादुर डडालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । टेलर चालक गुर्भाकोट नगरपलिका–१३ बस्ने वर्ष ३५ का कमल पाण्डे फरार रहेका छन् । उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार