२०८३ वैशाख १२ , शनिबार

सुर्खेतको चौकुनेमा पेस्तोलसहित दुई जना पक्राउ



सुर्खेत । सुर्खेतको चौकुनेमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ बस्ने वर्ष १७ का अशोक थापा र वडा नम्बर ६ बस्ने वर्ष १८ का भिम बहादुर थापा रहेका छन् ।

गएराति चौकुने गाउँपालिका–८ स्थित विशाल बजारमा पेस्तोल बोकेर हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेको अशोकको साथबाट पेस्तोल एक थान (राउन्ड नभएको खाली) पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल उनीहरु दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार