सुर्खेत । सुर्खेत उडान भरेको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ । शनिबार बिहान फ्लाइट नम्बर यू ४–१३७ रहेको बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो ।
जहाज आज बिहान ११:१५ बजे उडान भएको थियो । सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन् ।
विमान काठमाडौं फर्किने वा मौसमको प्रतिक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ। त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण जहाज डाइभट भएको जनाएको छ ।
प्रकाशित मिति : २०८१ साउन २६ गते शनिबार