२०८३ वैशाख १२ , शनिबार

हुम्लाको चंखेलीका हाकिमसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी ठहर



सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले बुधबार उनीहरूलाई दोषी ठहर गर्दै सजाय कायम गरेको हो । पालिकाको वडा नम्बर ३ को फिल्ड निर्माण योजनामा अनियमितता भएको भेटिएपछि प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढालाई प्रतिवादी बनाइएको थियो ।

यस्तै, उपभोक्ता समिति अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाध्यक्ष डल्ली बुढाविरुद्ध मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन १० मा मुद्दा दायर गरेको थियो । यस क्रममा सो वडाका अध्यक्ष शालिग्राम ऐडीसमेत प्रतिवादी बनाइएको थियो ।

उनीहरूले ११ लाख ९४ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ । यसमा प्रतिवादी सबैलाई जनही तीन–तीन महिना कैद सजायसहित जनही एक लाख ७० हजार रुपैयाँभन्दा बढी जरिवाना हुने भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ३० गते बुधबार