दैलेख । दैलेखमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गोठमा गएका बेला चट्याङ लागेर आठबिस नगरपालिका वडा नम्बर ५ पिपलकाेटमा दुई वर्षीय बालक रोशन बिष्टको मृत्यु भएको हो । उनकी हजुरआमा भने घाइते भएकी छन् ।
चट्याङ लागेर उनकी ४० वर्षीया हजुरआमा कमला बिष्ट गम्भीर घाइते भएकी छिन् । गोठमा गएका बेला पानी परेपछि आफन्तको घरमा ओत लाग्न पुगेका बेला उनीहरुलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ भदौ १२ गते बुधबार