२०८३ वैशाख १२ , शनिबार

तीजमा भड्किलो र खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय जाजरकोटको चेतावनी



सुर्खेत । जिल्ला प्रशासन कार्यालय जाजरकोटले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एक सूचना जारी गर्दै तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला र भड्किलो कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

कार्यालयले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण पनि गराएको छ ।

आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत संघ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूबाट सहयोगको अपेक्षा गरिएको कार्यालयले उल्लेख गरेको छ ।

May be an image of text

प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार