
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीले आफ्नो पार्टीलाई सबैभन्दा बढी मत दिने दाबी गरेका छन् । शनिवार कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कर्णालीले एकपटक होइन पटकपटक नेताहरुलाई जिताएर सिंहदरबार पठाएको छ, कसले जित्यो कसले हा¥यो त्यो थाहा छैन् ।’ उनले भने, तर कर्णालीले जितेन, सधै हा¥यो, त्यसैले आगामी चुनावमा कर्णालीले रास्वपालाई सबैभन्दा बढी मत दिएर जिताउँछ ।’ सभापति लामिछानेले राजनीतिकमा आँट, तागत र ढंग यी तीन कुरा हुन आवश्यक रहेको जिकिर गरे । उनले आफूहरु आगामी निर्वाचनमा पुराना नेताहरुलाई स–सम्मानका बिदा गर्ने बताए ।
‘तपाईहरुको यो नै अन्तिम भोज हो जे जति छ खानु, आगामी ०८४ बाट तपाईहरुलाई हामीले स–सम्मानका साथ बिदाई गर्छाै ।’ उनले भने । अहिलेको सरकार अनुभव र लुटेराको संगत भएको उनको आरोप छ । सभापति लामिछानेले आगामी निर्वाचनमा सबै पार्टी एक हुँदा पनि रास्वपा एक्लै चुनाव लड्न तयार रहेको दाबी गरे । पुरानो राजनीतिलाई बन्द गर्न रास्वपाको उत्पन्न भएको उनको भनाइ छ । उनले विकासमा कर्णालीलई सधै उपेक्षामा पारेको बताए ।
‘विकासमा कर्णाली छुट्यो, उनले भने, ‘तर कर्णालीले चुनेर पठाएका एकएकका परिवारको गोरु बेचेको साइनो परेको मान्छे सबलाई पुगेको छ कोही छुटेको छैन् ।’ लामिछानेले पुराना नेताहरुले जितेर कर्णालीले के पायो भन्दै प्रश्न गरे । उनले आगामी ०८४ को चुनावमा घण्टी चिन्ह बोक्दैमा कोही कसैले सजिलै जित्न नसक्ने बताए । उनले भने ‘घण्टी चिन्ह बोक्न बित्तिकै जित्न सजिलो छ भन्ने लागेको छ होला, त्यति सजिलो छैन् तपाई घण्टीसँगै जिम्मेवारी, जनताको एजेण्डा बोकेर पूरा गर्नुहोस् अनि तपाईंले जित्नुहुन्छ ।’
उनले पुरानो राजनीतिलाई बन्द गर्न रास्वपाको उत्पन्न भएको बताए । लामिछानेले सरकारमा गएर गाली खाई खाई धेरै कुरा सिक्ने अवसर पाएको बताए । ‘अहिले सबैले सरकारमा किन सहभागि भएको भनेर गाली गर्नुहुन्छ ।’ उनले भने ‘गाली गर्नुहुन्छ ठीक छ गाली गर्नुहोस् हामीले सरकारमा सहभागि भएर गाली खाइ खाई धेरै कुरा सिक्ने अवसर पाएका छौँ ।’
यस्तै कार्यक्रममा पार्टीका कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले शहरी मात्र नभई गाउँ गाउँमा पनि रास्वपा फैलिरहेको बताए । उनले देशमा नकारात्मक सोच बढेको भन्दै सकारात्मक सोच बोक्ने व्यक्ति पार्टी सभापति भएको उल्लेख गरे । महामन्त्री बुर्लाकोटीले चार महिना सरकारमा हुँदा रास्वपाले विधिमा गर्न मिल्ने काम मात्र गरेको बताउदै विधिभन्दा बाहिर गएर कुनै गलत कुकर्म नगरेको दाबी गरे ।
उनले कर्णाली प्रदेश केन्द्रमा रहेका नेताहरुले हेर्ने कुदृष्टिका कारणपछि परेको बताउँदै कर्णाली जस्तो ठाउँ अन्त कतै नभएको जिकिर गरे । बुर्लाकोटीले सभापतिलाई अनावश्यक दुख दिएर समिति बनाए पनि त्यो गलत सावित हुने बताउम्दै वर्षौदेखी रजगज गरेकाहरुले भ्रम छर्ने काम गरेको आरोप लगाए । यस्तै सासंद विनिता कठायतले कर्णाली बनाउन सभापतिकै नेतृत्वमा मात्र सम्भव हुने दाबी गरिन् ।