२०८३ वैशाख १२ , शनिबार

रास्वपा कर्णालीको सभापतिमा खड्का, सचिवमा अधिकारी



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीको कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदनबहादुर खड्का निर्वाचित भएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको भेलाले खड्कालाई सभापतिमा चयन गरेको हो । भेलाले ८ सदस्यीय प्रदेश समिति समेत चयन गरेको छ ।

उपाध्यक्षमा प्रेम बोहरा, महासचिव ललितकुमार चन्द, सचिब र पार्टी प्रवक्तामा हरिप्रसाद अधिकारी र कोषाध्यक्षमा स्नेहा उपाध्याय चयन भएको नवनिर्वाचित सचिव तथा प्रवक्ता हरि अधिकारीले जानकारी दिए ।

सदस्यहरुमा सुनिता बिक, निर्मला सापकोटा, बुदे बुढा, ऋषि पान्डे र अभि सुवेदी चयन भएका छन् । नयाँ समितिको शपथग्रहणसमेत सम्पन्न भएको प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ समितिको शपथग्रहण पार्टी सभापति रवि लामीछानेले गराएका थिए ।

प्रकाशित मिति : २०८१ भदौ १६ गते आइतबार