२०८३ वैशाख २० , आइतबार

सिम्तामा शिक्षकको लागि गुनासो सुनुवाइ कार्यक्रम सम्पन्न



सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा एकदिने गुनासो सुनुवाइ व्यवस्था सम्बन्धी तालिम सम्पन्न भएको छ । गाउँपालिकाको सभा हलमा आज एकदिने शिक्षकको लागि गुनासो सुनुवाइ व्यवस्था सम्बन्धी तालिम सम्पन्न भएको हो ।

स्याक नेपाल, युनिसेफ तथा सिम्ता गाउँपालिकाको समन्वयमा पालिका भित्रका १५ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा फोकल शिक्षकको लागि सिकाई अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिए ।

पालिका भित्रका सामुदायिक विद्यालय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जालका लागि उक्त कार्यक्रम गरिएको उनले बताए । तालिमपश्चात् सहभागी प्रअ तथा फोकल शिक्षकले सिकेको ज्ञान सीपलाई विद्यालय तहमा गएर लागु गर्ने र शिक्षाको सिकाई अभिवृद्धिमा टेवा पुग्ने विश्वास आफुले लिएकाे अध्यक्ष चन्दकाे भनाइ छ ।

तालिममा गाउँपालिका अध्यक्ष चन्द, उपाध्यक्ष गोमा शर्मा (रेग्मी) तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द र शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ भदौ २५ गते मंगलबार