२०८३ वैशाख ११ , शुक्रबार

अर्थतन्त्र ओरालो लागेपछि सरकारले खुलायो जग्गाको कित्ताकाट



फाइल तस्बिर

काठमाडौँ । सरकारले ७५३ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुलाएको छ। जग्गा वर्गीकरण नहुँदा रोकिएका ६ सय २० पालिकासमेत गरी कित्ताकाट खुलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसका लागि भू–उपयोग नियमावली, २०८० लाई संशोधन गरेर आगामी असारसम्मको समय थप गरी कित्ताकाट खुलाएको हो ।

यसअघि सरकारले ०८० साउन ३० गते पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै कित्ताकाट खुलाएको थियो । कित्ताकाट खुलेसँगै अब घरजग्गा कारोबार बढ्ने आकलन सरकारको छ।

प्रकाशित मिति : २०८१ भदौ २६ गते बुधबार