२०८३ वैशाख ११ , शुक्रबार

भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि



रुकुमपूर्व। रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।

उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठुलो सङ्ख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरूले श्रद्धाञ्जली दिएका थिए ।

नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित बुढाको गत भदौ २८ गते बाग्लुङको गलकोट नगरपालिका-२ भुङखानीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनीसँगै आमा ६१ वर्षीया गोपीमाया बुढा र सोही गाउँपालिका वडा नम्बर-२ का वडा अध्यक्ष जसबहादुर शिर्पालीको पनि निधन भएको थियो ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार