
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर-६ बस्ने १९ वर्षीया शर्मिला कुमाल रहेकी छन् । उनलाई सुत्केरी व्यथा भएपछि हिजो (आइतवार) अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमा उनलाई रक्तस्राप भएको र आइसियुमा राखेर उपचार गरिएकोमा आज बिहान २:४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।
मृत्युपछि शर्मिलाका आफन्तहरू अस्पताल परिसरमा आन्दोलनमा उत्रिएका छन्। घटनाको नियन्त्रणका लागि ८५ जनाको प्रहरी टोली तैनाथ गरिएको छ। शर्मिलाका आफन्तले डाक्टरको लापरबाहीले आफ्नो मान्छेको मृत्यु भएको आरोप लगाएका छन् ।
प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार