एसडी योगी र रेश्मा पुनको स्वरमा ‘पिङ्की पियारी’ सार्वजनिक (भिडिओसहित)

खबरदृष्टि सम्वाददाता १३ आश्विन २०८१, आईतवार १८:१२

काठमाडौं । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा नयाँ गीत ‘पिङ्की पियारी’ भिडिओसहित सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका हुन् भने सङ्गीत एसडी योगी स्वयंको छ ।

भिडिओमा अलिसा शर्मा र अस्मिक लम्सालले अभिनय गरेका छन् । भिडिओमा एक युवकले डान्स क्लबबाट नृत्याङ्गनालाई लिएर भाग्दै गरेको कथा देखाइएको छ । भिडिओको निर्देशन शान थापाले गरेका छन् । जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

भिडिओको सम्पादन विवेक सुनार, छायाङ्कन अजय रेग्मी र रङ्ग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । निर्माण पक्षले गीत सार्वजनिक भएसँगै दर्शकका लागि उपहार योजना पनि घोषणा गरेको छ । निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडिओ बनाएर सर्वाधिक भ्युज पाउने क्रिएटरलाई एक स्मार्टफोन उपहार दिइनेछ । कात्तिक २५ गते उपहार प्रदान गरिने बताइएको छ ।

भिडिओ हेर्नुहोस्

Next Post

कमेरो माटो खन्ने क्रममा पुरिएर दुई जनाको मृत्यु, एक घाइते

१३ आश्विन २०८१, आईतवार १८:१२
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका–३ मा दशैंको तयारीमा घर पोत्नका लागि सेतो कमेरो खन्न गएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक २४ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् । उनीहरू सियाणी खोलामा बुधवार बिहान कमेरो खन्न गएका […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031