२०८२ माघ १७ , शनिबार

चामुण्डाविन्द्रासैनीमा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न



दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिकामा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जम्बुकाँधमा सोसेक नेपाल दैलख, सेभ द चिल्ड्रन र चामुण्डाविन्द्रासैनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । सोसेक नेपाल दैलेख सहयात्रा परियोजना तेश्रो परियोजना संयोजक रामप्रसाद उप्रतीले बालबालिका लुकेर रहेका प्रतिभालाई पहिचान गर्ने उद्देश्यका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगायत चामुण्डविन्द्रासैनी नगरपालिका विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधि उपस्थिति रहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका सहायक स्तरचौथो कर्मचारी खगेन्द्रबहादुर शाहीले जानकारी दिए । बाल प्रतिभा पहिचन कार्यक्रममा भने नगरपालिकाका स्थित १४ वटा विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार