२०८३ जेठ २४ , आइतबार

कोशीका विवादित मन्त्रीले पार्टीलाई भने – मलाई सबै पदबाट बर्खास्त गरियोस्



काठमाडौँ ।  मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पार्टीका सबै पदबाट मुक्त गर्नका लागि निवेदन दिएका छन्। आफूलाई सबै पदबाट मुक्त गर्नका लागि अधिकारीले निवेदन दिएको एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लगेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएपनि त्यहाँको अध्यागमन विभागले फिर्ता गरेको थियो। अधिकारीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन्। विवाद भएपछि अधिकारीले गत २० गते नै राजीनामा दिइसकेका छन्।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार