२०८३ कात्तिक १० , सोमबार

तोलामा ३ हजार रुपैयाले बढ्यो सुन




काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ३ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ४० रुपैयाँले वृद्धि भएर ३ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। त्यसैगरी, १० ग्राम चाँदीको मूल्य ३ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले नेपाली बजारमा गरगहना खरिद गर्ने उपभोक्ताको खर्चसमेत बढाउने देखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार