
काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकामा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ५ जना घाइते छन्।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो । ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् ।
प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार