जाजरकोटको नलगाड र कुशे–७ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

खबरदृष्टि सम्वाददाता १ मंसिर २०८१, शनिबार १५:०८

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । शुक्रवार नलगाड नगपालिका दल्ली र कुशे गाउँपालिका–७ को नेपाल राष्ट्रिय मावि समकोटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

नलगाडमा मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरे र र कुशे–७ मा नविन कुमार भट्टले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदमा र कुशे गाउँपालिका–७ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ–आफ्नो उम्मेदवारको नाम घोषणा गरिसकेका छन् ।

एमालेले नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा, कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा डम्बरबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा खम्बबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले नलगाड नगरपालिका नगर उपप्रमुखमा देवका लामिछाने र कुशे गाउँपालिका वडा नम्बर–७ को वडाध्यक्षमा गोरख नेपालीको नाम घोषणा गरेको छ । यस्तै रास्वपाले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा पार्वती पुनको नाम घोषणा गरेको छ भने कुशे–७ मा वडाध्यक्ष पदका उम्मेदवारको टुंगो लगाउने काम प्रक्रियामै रहेको जनाएको छ ।

निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म रहेको छ भने सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुनेछ ।उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिनेछ ।

उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने तालिका छ । त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

Next Post

यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार हो : प्रचण्ड

१ मंसिर २०८१, शनिबार १५:०८
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको बताएका छन् । माओवादी काभ्रे–काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउनै केन्द्रित रहेको आरोप लगाए । उनले भने, ‘हामीले सरकारमा हुँदा […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031