२०८३ असार १० , बुधबार

प्रधानमन्त्रीको शपथ ९ बजे, पहिलो मन्त्रिपरिषद् बैठक शीतल निवासमै



 

काठमाडौं । आज राती ९ बजे सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गराएर नौ बजे सपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार