२०८३ असार १७ , बुधबार

नेप्से ४४ अंकले उकालो, कारोबार बढ्यो



काठमाडौं । शेयरबजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । लगातार करिब दुई साता ऋणात्मक भइरहेको शेयरबजारमा आज सुधार आउँदै ४४।४९ अंकको वृद्धिपछि २ हजार ६५२।९२ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक २४।६३ अंकले घट्दै २ हजार ६०८।३३ अंकमा झरेको थियो ।

उसो त यसदिन कारोबारमा समेत वृद्धि हुँदै ३ अर्ब ८५ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको ९५ लाख ३९ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन २४ अंकमाथिले सूचक घटेको बजारमा ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार रुपैयाँ बराबरको ८७ लाख ३७ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

आज १३ वटै उपसूचक धनात्मकम बन्दै बजारमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक २।६० प्रतिशतले बढेको छ भने हाइड्रोपावर कम्पनीको उपसूचक २।४२ प्रतिशतले बढेको छ । यसैगरी म्यानु एण्ड प्रो समूहको उपसूचक २।३४ प्रतिशतले बढ्दा आज निर्जीवन बीमा समूह २।०३ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

२५२ कम्पनीको शेयर मूल्य बढेको छ भने आज जम्मा १७ वटा कम्पनीको मात्र घटेको छ । स्नो रिभर्सको शेयर मूल्य आज पनि १४।९९ प्रतिशतले बढेको छ भने सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्गाको शेयर मूल्य १४।२२ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार