२०८३ असार १७ , बुधबार

रवि लामिछानेदेखि मन्त्रीःसांसदका गाडीमा कालो सिसा विवाद



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतका नेताहरूको गाडीमा कालो सिसा प्रयोग गरिएको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिरहेको बेला सभापति लामिछानेदेखि मन्त्री, सांसद र कार्यकर्ताको गाडीमा कालो सिसा प्रयोग गरेको पाइएको हो ।
प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी प्रधान कार्यालयले मंगलबार सर्कुलर गरेको थियो ।
असार १५ मा उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको गाडीमा राखिएको कालो सिसाको स्टिकर हटाएको थियो ।
असार १४ देखी ट्राफिक प्रहरीले उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको थियो । पहिलो चरणमा कालो स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १७ गते बुधबार