
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ। मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो।
मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो। ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो।
प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार