२०८३ वैशाख १३ , आइतबार

काठमाडौंबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना : २५ यात्रु घाइते



सुर्खेत । काठमाडौंबाट सुर्खेत आउँदै गरेको रात्री बस दाङमा दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको बस आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा २५ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए । गम्भीर घाइतेलाई लमही अस्पताल र अन्यलाई स्थानीय स्वास्थ्य चौकी लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार