२०८३ वैशाख १३ , आइतबार

भिरबाट लडेर एक जनाको मृत्युु



सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्युु भएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्युु भएको हो ।

बिहान साढे ६ बजे उनी घरदेखि केही भाग तल घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार