रवि हमाल, मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा गतिलो टावर बन्न नसक्दा स्थानीयहरूले फोनको सास्ती खेप्नु परेको छ । मुगुम कार्मारोङ गाउँपालिकाको विभिन्न वडाहरू नेपाल टेलिकमको नेटवर्क बन्न नसक्दा नागरिकहरूले सास्ती खेप्नु परेको हो ।
गाउँपालिकाका छाइल, पापु, चिमाथ, पुवा गाउँपालिका, एरिया पुलूँ, ताखा, खारि, कार्ति, किम्री दोल्फु, चितै लगायतका सम्पूर्ण ठाँउहरुमा टेलिफोन सेवा नभएर सूचनाको पर्खाइमा दिन रात मोबाइललाई घरभन्दा बाहिर राखेर फोनको पर्खाइमा बस्नु पर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन् ।
सङ्घीय सरकार बनेको पनि बर्षाै भइसक्दा पनि गाउँपालिकाले चासो लिन नसकेको हो । टावर नबन्दा गाउँपालिकाका स्थानीय लगायत बाहिरबाट आएका पाहुनाहरूले समेत पनि सास्ती खेप्नु परेको छ । त्यस्तै कुनै सेवा लिनु परेमा घर भन्दा बाहिर छतमा जानु पर्ने स्थानीय टावरको रूपमा काठको खम्बालाई प्रयोग गरी बाध्यता खेप्नुपरेको नागरिकको भनाइ छ ।
मांङ्ग्री मोटे लेख र किम्री पर्लोकमा भएको फोरजी टावर निर्माण सम्झौता भएको दशौँ वर्ष भएता पनि कामको सुरुवात समेत नभई मुगुम कार्मारोङका जनताहरू इन्टरनेट सेवाबाट पनि वञ्चित हुनु परेको छ ।
स्थानीय सरकारले दोस्रो कार्यकालको पहिलो बितिसक्दा पनि यस समस्यालाई स्थानीय सरकार जनप्रतिनिधिहरूको ध्यान भने कछुवा गतिले लिएको स्थानीयवासीको आरोप छ । सानो सूचनाको माध्यमका लागि वडा नं १, ३, ४ र ५ का स्थानीयहरूले हाल वार्लेस फोनको प्रयोग गर्ने गरेको स्थानीय छिरिङ तुन्दुप लामाले बताए ।