२०८३ वैशाख ११ , शुक्रबार

सहकारीले शेयर सदस्यहरूलाई स्वरोजगारमा पनि जोड्नुपर्छ : मन्त्री शर्मा 



सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले सहकारीले ऋण लगानी र असुली मात्रै नभई शेयर सदस्यहरूलाई उत्पादन र स्वरोजगारमा जोड्नुपर्ने बताएका छन् । शुक्रवार गुर्भाकोट नगरपालिका–१३ गुमीमा महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाको १३ औ वार्षिकोत्सवमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा भएको परिवर्तनअनुसार महिला नेतृत्वको विकास भएको र समूह सहकारीहरूको नेतृत्व पनि महिलाहरूले नै गरेकाले प्रदेश सरकारले महिला आयआर्जनका कार्यक्रममार्फत समूह सहकारीमा अनुदान सहयोग गरेको बताए ।

साना किसान कृषि सहकारीले  नेपाल सरकारको १ अर्ब सहुलियत कर्जा मार्फत सहकारीमा ९ प्रतिशत ब्याजदरमा लगानी गरेको बताउँदै सहकारी मार्फत सरकारले किसानमा गरेको लगानीबारे जानकारी दिने परिपाटी नगरेकाले  किसानलाई सरकारले गरेको लगानीबारे पनि जानकारी दिन उनले आग्रह गरे ।

भेरी कोरिडोर मार्फत प्रदेश सरकारले किसानको जीवनस्तर उकास्न उत्पादनमा आधारित कार्यक्रम तय गरेकाले सबै किसान उत्पादनमा जोडिन उनले अनुरोध गरेका छन् । साधारण सभाको उद्घाटन कार्यक्रममा सहभागी हुन गुमी पुगेका मन्त्री शर्माले गुर्भाकोट १३ र १४ का व्यावसायिक किसानसँग पनि भेटघाट गरेका छन् ।

No description available.No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार