२०८३ जेठ २७ , बुधबार

चिङ्गाड गाउँपालिकामा बस दुर्घटना



सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा बस दुर्घटनामा परेको छ । सुर्खेतबाट अवलचिङ जाँदै गरेको भे १ ख १४१६ नम्बरको बस चिङ्गाड गाउँपालिका –५ मा दुर्घटनामा परेको हो ।

गाडी दुर्घटना हुँदा स्थानीय नावलटोल बस्ने केशव रानाको घर, गोठमा र गाडीमा क्षति भएको छ । गाडी गएराति स्टेशनमा पुगेर चालकले अर्काे ठाउँमा गएर फर्किने बेला दुर्घटनामा परेको चिङ्गाड गाउँपालिका–५ का वडा अध्यक्ष लाल बहादुर जिसीले जानकारी दिए ।

गाडी चालक वीरेन्द्रनगर–१४ बस्ने २४ वर्षीया ज्ञान प्रसाद चालिसेलाई संयुक्त यातायात समितिको जिम्मा लगाएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार